पूर्वमाओवादीबीच पार्टी एकताको तयारी हुँदैछः प्रचण्ड

13.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

१६ असार, पोखरा । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता गर्ने गरि पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र ठोस पहल गरिने बताएका छन् ।

शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतालाई सार्थक बनाउने बताएका हुन् ।

छुट्टाछुट्टै हुँदा शक्ति कमजोर बनेको र माओवादी आन्दोलनमाथि नै समस्या सिर्जना हुन सक्ने भन्दै जनयुद्ध र यसबाट प्राप्त उपलब्धिको रक्षा गर्नका लागि पनि पूर्वमाओवादी शक्तिहरुबीच एकता र सहकार्यको तयारी तीब्र पारिएको बताएका हुन् । 

अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन गरेर माओवादीलाई पुनर्निर्माणमा गर्ने तयारीमा रहेको पनि बताए । उनले अहिले सरकारमा रहेर राम्रो गर्न खोजिरहेको भन्दै सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर सफा गर्न लागेको बताए ।

सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा काम गरिरहेको उनले बताए ।

 

ताजा अपडेट
सम्बन्धित समाचार