चर्चामा 'सुन' काण्ड,ओझेलमा 'नक्कली भुटानी शरणार्थी' र 'ललितानिवास' काण्ड

13.2k Shares

हालै बरामद भएको एक क्विन्टल सुनकाण्डले यसअघिका चर्चित नक्कली भुटानी शरणार्थी र बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरण ओझेलमा परेको छ ।

वैशाखदेखि असारसम्म शरणार्थी र ललिता निवास प्रकरणले बजार पिटेको थियो । तर अहिले एकाएक ओझेलमा परेको छ । ती काण्डमा के के अनुसन्धान भइरहेको छ भन्ने कुरासमेत जनताले चासो राख्न छाडिसकेका छन् ।

अनुसन्धान गर्ने निकायले पनि यसबारेमा विस्तृत विवरण दिन सकिरहेको छैन । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणलाई चाँडै टुंगो लगाउन पटकपटक आदेश दिइरहेको छ ।

तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भने अझै अनुसन्धान नसकिएको जनाएको छ । दुई चार दिनमा एक दुई कर्मचारी पक्राउ पर्नुबाहेक अर्को उपलब्धि देखिएको छैन ।

शरणार्थी प्रकरणमा भने कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण र एमाले उपमहासचिव टोपबहादुर रायमाझी तथा सचिव टेकनारायण पाण्डेलाई शंकाकै भरमा समातेर जेल हालिएको छ ।

याे पनि......

सुन काण्डमा किन दुख्यो केपी ओलीको टाउको ? सुन काण्डमा किन दुख्यो केपी ओलीको टाउको ?

यसबाहेक अनुसन्धान कहाँ पुग्यो भन्ने कुरा अझै थाहा हुन सकेको छैन । काठमाडौं जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको थियो । पक्राउ परेका सबैले धरौटी माग गरेका थिए । तर अदालतले अस्वीकार गरेपछि उनीहरू अहिले जैसीदेवलस्थित केन्द्रीय कारागारमा रहेकाे मिडिया डबलीले लेखेकाे समाचारमा उल्लेख गरिएकाे छ । 

एक क्विन्टल सुन बरामद गर्नुअघि विमानस्थल भन्सार कार्यालयबाट कसरी जाँचपास गरियो भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा हंगामा गरेको छ । उसले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।

यसअघि एमाले संसदीय दलको बैठकले गृहमन्त्रीको जवाफ माग गर्ने निर्णय गरेको थियो । तर संसद् सुचारु भएपछि एमालेले गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको छ । संसद् भने जारी छ । एमालेको मुभ हेर्दा यो सरकारलाई निकै संकटमा पार्ने हो कि भन्ने पनि देखिएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार