काठमाडौँः शनिबार साँझ काठमाडौँ महानगरपालिकाकाका मेयर बालेन्द्र शाह (बालेन) ले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिए ।
सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएपछि बालेनको निकै टिका टिप्पणी भयो । खासमा उनेका यो स्ट्याटस महानगरपालिकाको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले केही बेर रोकेको घटनासँग सम्बन्धित रहेको खुलेको छ ।
मेडिसिटी अस्पतालबाट सुत्केरी श्रीमती लिएर मेयर बालेन घर फर्किने क्रममा गाडीको पास अनिवार्य रहेको भन्दै ट्राफिक प्रहरीले महानगरपालिकाको गाडी रोकेको बताइएको छ । गाडीको पास नभए व्हिल लक गरिदिने धम्की दिएपछि मेयर र ट्राफिक प्रहरीबिच भनाभन भएका स्रोतले बताएको छ।
केही बेर भनाभन भएपछि उनीहरू घर गएका थिए। साेपश्चात मेयर शाहकाे यस्ताे स्ट्याटस आएको हो ।