नाउपाको अध्यक्षमा चौधरी अयोग्य,अबको कमान्ड कस्को हातमा?

9k Shares
सम्बन्धित पार्टी

निर्वाचन आयाेगले नागरिक उन्मुक्ति पार्टीकाे अध्यक्षमा रेशम चाैधरीलाई मान्यता नदिने निर्णय गरेकाे छ । बिहीबार बसेकाे आयाेगकाे बैठकले चाैधरीलाई दलकाे सदस्य बन्न अयाेग्य ठहर गरेकाे हाे । 

याेसँगै उनी नागरिक उन्मुक्ति पार्टीकाे अध्यक्ष नरहने भएका छन् । हालै पार्टीकाे महाधिवेशनबाट आफू अध्यक्षमा चयन भएकाे भन्दै चाैधरीले अध्यावधिकका लागि आयाेगमा निवेदन दिएका थिए । 

उक्त निवेदनमाथि अध्ययन गर्दै आयाेगले चाैधरीलाई दलकाे सदस्य नै रहन नसक्ने ठहर गरेकाे हाे । चाैधरी ७ भदाै २०७२ सालमा कैलालीकाे टीकापुरमा भएकाे हत्याकाण्डमा दाेषी ठहर भएका थिए । 

राष्ट्रपतिबाट आममाफी पाएसँगै उनी जेलमुक्त भएका थिए । टीकापुर हत्याकाण्डमा एक नाबालकसहित आठ प्रहरीकाे निर्मम हत्या भएकाे थियाे । 

निर्वाचन आयोगले चौधरीलाई अयोग्य ठहर गरे सँगै पार्टीको अबको कमान्ड कस्ले सम्हाल्ने भन्ने प्रश्न उठ्न थालेको छ । यता अबको कमान्ड चौधरी पत्नी रञ्जिता श्रेष्ठले लिने अड्कलबाजि सुरु भैसकेको छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार