बुढीगण्डकी आयोजना छिटो बनाउन डुबानबासीले दिए दबाब 

19.3k Shares

काठमाडौं: रोकिएको मुआब्जा वितरण टुंग्याएर आयोजना छिटो अघि बढाउन बुढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रका बासिन्दाले सडकमा धर्ना दिएका छन् ।

गोरखा र धादिङका डुबानपीडित बासिन्दाले बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको अगुवाइमा माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा बसेकाहरूले मुआब्जा दिन बाँकी जग्गाको मुआब्जा तत्काल दिनुपर्ने, मुआब्जाका लागि दर्ता छुटलगायत विभिन्न समस्या भएकाको बाटो फुकाउनुपर्ने, घर, गोठ, बोटविरुवाको लागत सार्वजनिक गरी मुआब्जा पुनर्बास र पुनर्स्थापनाको निर्णय तत्काल लागू गर्नुपर्ने लगायतका माग राख्दै धर्ना हुन् ।

बुढीगण्डकीको वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाइले सुस्त ढंगले काम गर्दा आफूहरूलाई मर्का परेको सरोकार समितिले गुनासो गरेको छ । २०७३ सालदेखि शुरू गरिएको मुआब्जा वितरण कार्य अझै सकिएको छैन ।

ताजा अपडेट
सम्बन्धित समाचार