कारवाहीसम्बन्धी ओलीको रिट हेर्दाहेर्दैैमा

12.2k Shares
सम्बन्धित पार्टी

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीको वैधता तथा १४ सांसदमाथिको कारवाहीका सम्बन्धमा नेकपा एमालेले दायर गरेको रिट हेर्दाहेर्दैैमा राखेर सोमवारको सुनुवाइ सकिएको छ ।

न्यायाधीश दीपक कार्की र डा। कुमार चुडालको इजलासमा सोमवार भएको सुनुवाइ हेर्दाहेर्दैमा टुंगिएको हो । पार्टीले कारवाही गरेका माधव नेपाललगायत १४ सांसदको हस्ताक्षरलाई सनाखत गराएर पार्टी दर्ता गरिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली सर्वोच्चमा रिट दायर गरेका थिए ।

साथै रिटमा पार्टीले १४ सांसदमाथि गरेको कारवाहीलाई सदर नगरेकोमा सभामुख अग्नि सापकोटालाई पनि विपक्षी बनाइएको छ । सोमवारको बहसमा नेकपा एमालेका तर्फबाट ओली प्रधानमन्त्री छँदा कानूनी सल्लाहकार रहेका अधिवक्ता बाबुराम दाहाल, तत्कालीन महान्यायाधीवक्ता रमेश बडाल लगायतले बहस गरेका थिए । 

माधव नेपाल लगायत १४ जनालाई सांसदलाई पदमुक्त गर्न ओलीले गरेको आग्रह सभामुख सापकोटाले अस्वीकार गरेका थिए । निर्वाचन आयोगले भदौ ९ गते माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई पार्टीको मान्यता दिएको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार