UNDP र YNPD को सहयोगमा विभिन्न संघसंस्थाद्वारा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै 

26.8k Shares

काठमाडौँ :  प्रत्येक वर्ष २१ सेप्टेम्बरका अवसरमा मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

 

 

 

shantidiwos2.jpgसन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरी राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारका दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो ।

सन् २००२ मा भएको संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायी रुपमा अन्तर्राष्ट्रिय शान्ति दिवस घोषणा गरेको थियो ।

आणविक अस्त्रको विकास, परीक्षण, उत्पादन-निर्माण, भण्डारण आदिलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि २०२१ जनवरी २२ बाट लागू भइसकेको छ । ८६ राष्ट्रले हस्ताक्षर गरिसकेको र ५५ राष्ट्रद्वारा अनुमोदित यो महासन्धिमा नेपालले २० सेप्टेम्बर २०१७ मै हस्ताक्षर गरे पनि अझैसम्म अनुमोदन गरेको छैन ।

अन्तर्राष्ट्रिय शान्ति दिवसको उपलक्ष्यमा UNDP को सहयोग तथा शान्ति विकासका लागि युवा संजाल (YNPD) लगायत विभिन्न संघसंस्थाद्वारा जलेश्वर नगर परिक्रमा गरी जलेश्वरनाथ महादेव मन्दिरमा  र्याली  समापन गरिएको छ । उक्त र्यालीमा विभिन्न संघसंस्थाको ३५ प्रतिनिधिहरु उपस्थित रहेका छन् ।  

shandiwos1.jpg

 

 

ताजा अपडेट
सम्बन्धित समाचार