काठमाडौं: सेप्टेम्बर २६ मा जर्मनमा हुने बर्लिन म्याराथनका लागि जान लागेका धावक गोपिकृष्ण पार्किलाई धारा नेपालगञ्ज म्याराथनका आयोजक क्रिएटिभ ह्याण्ड्सले शुभकामना दिएको छ ।
गत वर्ष टोकियो ओलम्पिकको छनोटको रुपमा रहेको छैटौं धारा नेपालगञ्ज म्याराथनमा विजेता बनेका गोपिचन्द्र पार्किले प्राविधिक कारणले गर्दा टोकियो ओलम्पिकमा सहभागि हुने मौका गुमाएका थिए ।
मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै धारा नेपालगञ्ज म्याराथनको आयोजक क्रिएटिभ ह्याण्ड्सले पार्किलाई शुभकामना र प्रोत्सहान स्वरुप केल्मीका टिसर्ट, ट्र्याकसुर्ट र ब्यगसहितको सामाग्री प्रदान गरेका छन् ।