सभामुख नेकपा माओवादी केन्द्रको इशारामा चले: गोकुल बास्कोटा

9.4k Shares
सम्बन्धित पार्टी

पोखरा: नेकपा एमालेका नेता गोकुल बास्कोटाले मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख अग्निप्रसाद सापकोटा नेकपा माओवादी केन्द्रको इशारामा चलेको आरोप लगाएका छन् । 

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भनेकै कारण एमालेले गरेको १४ सांसदको कारबाहीलाई मान्यता नदिएको गुनासो गरे ।

सभामुख सापकोटा आफ्नो मर्यादामा नबसेका कारण आफूहरुले संसदअवरुद्ध गरेको बास्कोटाको तर्क रहेको छ । उनले सभामुख सापकोटाले आफ्नो निर्णय सच्याउनुपर्ने नभए पद छाड्नुपर्ने चेतावनी दिए ।

ताजा अपडेट
सम्बन्धित समाचार