परराष्ट्रमन्त्रीमा नियुक्त खड्का

8.5k Shares

काठमाडौं: कांग्रेस नेता डा। नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्या भण्डारीलाई सिफारिश गरेका छन् ।


दिउँसो १ बजे नवनियुक्त मन्त्रीको शपथको तयारी भएको बताइएको छ । सत्तारुढ गठबन्धनको मंगलवार बसेको बैठकले डा। खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो ।

संयुक्त राष्ट्रसंघीय महासभामा पठाउने प्रतिनिधि नभएपछि अन्य मन्त्रीको नियुक्ति बाँकी राखेर परराष्ट्रमन्त्री नियुक्त गरिएको हो ।

उदयपुरबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित खड्का सुशील कोइराला प्रधानमन्त्री रहेको समयमा शहरी विकास मन्त्री थिए । असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका देउवाले शुरूको दिन ४ मन्त्री नियुक्त गरेका थिए ।

त्यसको दुई हप्तामा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए । सरकार बनेको ७२ दिनपछि मन्त्रिपरिषदमा नयाँ मन्त्री थपिन लागेका हुन् ।

ताजा अपडेट
सम्बन्धित समाचार