किन गर्दै छन् गच्छदारले पत्रकार सम्मेलन? 

13.6k Shares
सम्बन्धित पार्टी

काठमाडौं:  लामो समयदेखि ‘मौन’ रहँदै आएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आज पत्रकार सम्मेलन गर्दैछन् ।

गच्छदारले अचानक पत्रकार सम्मेलन आयोजना गर्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ । आज अपरान्ह १ बजे तीनकुनेको एक होटेलमा गच्छदारले पत्रकार सम्मेलन गर्दैछन् ।

गत संसदीय निर्वाचनअघि आफ्नो पार्टी नेपाल लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराएका गच्छदारले संसदीय निर्वाचन, केन्द्रीय समिति, जिल्ला समिति र क्रियाशील सदस्यतामा भाग पाएका थिए ।

गच्छदारले आजको पत्रकार सम्मेलनमा पार्टीको आसन्न १४औं महाधिवेशनबारे आफ्नो धारणा सार्वजनिक गर्न लागेको बुझिएको छ । पार्टी समायोजनका क्रममा भएका कतिपय निर्णय पूर्णकार्यान्वयन नभएकोमा गच्छदारले असन्तुष्ट जनाएका छन् ।

विद्यार्थी जीवनदेखि नै कांग्रेसमा सक्रिय गच्छदार २०६४ सालको संविधानसभा निर्वाचनअघि कांग्रेस छाडेर मधेशी जनअधिकार फोरममा लागेका थिए । पार्टी र सरकारमा पटक-पटक अवसर पाएका गच्छदार २०४८ देखि यताका सबै आमनिर्वाचन जित्ने नेता हुन् । बालुवाटारको ललिता निवास प्रकरणमा मुछिएका गच्छदारविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार