आज साँझ ५ बजे सत्तारुढ गठबन्धनको बैठक बस्दै 

15k Shares

काठमाडौं: सरकार बनेको अढाई महिना पुग्न लाग्दासम्म मन्त्रिपरिषद् विस्तार नभएको टिप्पणी बढ्न थालेपछि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले यस विषयबारे चर्को आलोचना हुन थालेको छ । 

आज साँझ ५ बजे गठबन्धनमा रहेका दलहरूको बैठक बोलाइएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे बैठकमा छलफल हुने एक नेताले जानकारी दिए ।

हिजो पनि गठबन्धन दलको बैठक बसेको थियो । हिजोको बैठकमा माओवादीबाट मात्रै भए पनि मन्त्रीहरू सहभागी गराउन प्रचण्डले देउवालाई दबाब दिएका थिए । मन्त्रीको नाम टुंगो लगाउन माओवादी स्थायी समितिको बैठक पेरिसडाँडामा जारी छ ।

प्रचण्डले केही दिनअघि जनकपुरमा आयोजित कार्यक्रममा ५ गते मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । एकीकृत समाजवादीको वैधानिकताको विषय अदालतबाट टुंगिन बाँकी रहेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।

देउबाले आजै डा. नारायण खड्कालाई भने परराष्ट्रमन्त्री बनाएका छन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार