काठमाडौं:आर्सनल इङ्लिस काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ ।
बुधबार राति तेस्रो चरणको खेलमा एएफसी विम्ब्लेडनमाथि ३–० गोलको सहज जित निकाल्दै आर्सनल अघिल्लो चरणमा प्रवेश गरेको हो ।
घरेलु मैदानमा आर्सनललाई जिताउन एलेक्जान्द्रे लाकाजेट्टे, इमाइल स्मिथ रोव र इडी केटियाहले एक–एक गोल गरेका थिए ।
लाकाजेट्टेले ११औं मिनेटमा पेनाल्टीमा गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाउन सफल भएका थिए । ७७औं मिनेटमा रोवले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए भने ८०औं मिनेटमा केटियाहले गोल गर्दै ३–० गोलको जित दिलाए ।