कार्यकर्ताले नै नेताको सही मुल्यांकन गर्ने हो कि! : पौडेल

10.7k Shares
सम्बन्धित पार्टी

काठमाडौं:  नेपाली कांग्रेस पर्वतको नवनिर्मित पार्टी कार्यालय भवनको भर्चुअल माध्यमबाट आयोजित उद्घाटन कार्यक्रममा बिहीबार सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वडादेखि केन्द्रसम्मै सही नेतृत्व छनोट गर्न कार्यकर्ताहरुलाई आग्रह  गरेका छन् ।

पौडेलले १४औं महाधिवेशनमा कार्यकर्ताले सही नेतृत्व छान्न सक्ने हो भने अहिलेको जस्तो अलमलको अवस्थामा नरहने बताएका छन्।  ‘कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आएको छ  उनले भने,।’ 

उनले पार्टीलाई कस्तो नेतृत्व दिने भन्ने यो महाधिवेशनले तय गर्नुपर्ने बताए। उनले भने, कार्यकर्ताले पनि नेताको मूल्यांकन गर्ने बेला आएको छ। महाधिवेशनकै बेला सही नेतृत्व दिन सके अहिलेको जस्तो अलमलको अवस्थामा पार्टी रहँदैन।’ 

उनले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने पनि जनअपेक्षाअनुसार काम हुन नसकेको जिकिर गरे । 

ताजा अपडेट
सम्बन्धित समाचार