काठमाडौं: नेकपा अध्यक्ष केपी शर्मा ओलीले असोज ८ र ९ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।
ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
विधान महाधिवेशनको तयारीका लागि छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको उनले बताए। बैठकमा विधान महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक र विधान संशोधन प्रस्तावमाथि छलफल हुने जनाइएको छ।
यसअघि तीनै दस्ताबेजमाथि एमाले स्थायी कमिटी बैठकमा छलफल भएको थियो। स्थायी कमिटी बैठकले तीनै दस्तावेजलाई केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो।
एमालेको विधान महाधिवेशन १५ देखि १७ असोजसम्म काठमाडौंमा हुने तय गरिएको छ। यसअघि साउनमा तय गरिएको विधान महाधिवेशन सरेको थियो।