संवैधानिक इजलासमा विपक्षीलाई लिखित जवाफ बुझाउन आदेश 

7.9k Shares

काठमाडौं: संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य रहनुपर्ने मागसहित दायर भएको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले पेसी तोकेको छ । शुक्रबार (आज ) उक्त रिट निवेदनमाथि न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र डा. मनोजकुमार शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

यसअघि सो रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइ भएको थियो । इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीलाई लिखित जवाफ बुझाउनसमेत आदेश दिएको थियो । इजलासको आदेशअनुसार विपक्षीले लिखित जवाफ बुझाइसकेपछि उक्त रिटमाथि सुनुवाइका लागि पुनः पेसी तोकिएको हो ।

ताजा अपडेट
सम्बन्धित समाचार