काठमाडौं: नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान महाधिवेशनको तयारीमा रहेको बताए । उनले त्यसका लागि प्रतिनिधि, व्यवस्थापनलगायत कार्य टुंगो लगाउने काम भइरहेको पनि बैठकलाई जानकारी गराए ।
एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ गतेसम्म हुँदै छ । अध्यक्ष ओलीका अनुसार आजको बैठक राजनीतिक, सांगठनिक र विधान संशोधनको प्रतिवेदनमा केन्द्रित रहनेछ ।
केहीअघि बसेको स्थायी कमिटी बैठकमा आएका सुझावलाई समेटेर आजको बैठकमा प्रतिवेदन ल्याइएको अध्यक्ष ओलीले बताए ।
एमालेको केन्द्रीय कमिटी बैठक भोलि पनि बस्नेछ । ओलीले केन्द्रीय सदस्यहरूलाई समयमा नै बैठकमा उपस्थित हुन आग्रह गरे ।