ठमेलस्थित एक जर्मन नागरिक मृत अवस्थामा फेला 

11.4k Shares

काठमाडौं: राजधानीको ठमेलमा एक जर्मन नागरिक मृत अवस्थामा फेला परेका छन् । 

तीन महिनादेखि बिहानी होटलमा बस्दै आएका ४० वर्षीय जर्मन नागरिक डेभिड मिक्काज ठमेलस्थित बिहानी होटलको २०१ नम्बर कोठमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

उनी बसेको कोठाको ढोका नखुलेपछि होटलले प्रहरीलाई खबर गरेको थियो । ढोका खोल्दा बेडमा सुतिरहेको अवस्थामा उनको शव फेला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । 


मृतक मिक्काजको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरी वृत्त लैनचौरका प्रमुख दुर्गा दाहालले बताए । उनका अनुसार त्यहाँबाट रिपोर्ट नआएसम्म तत्कालै केही भन्न नसकिने बताए । 

उनको कोठाबाट केही औषधिहरू पनि फेला परेकाले त्यसको परीक्षणका लागि पठाइएको छ । मृत्युका कारण खुल्न नसकेकाले यो बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

बिहीबार साँझ मृत अवस्थामा फेला परे पनि उनको मृत्यु भने त्यसको अघिल्लो दिन नै भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार