काठमाडौं: सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको पालिका अधिवेशन शनिवारदेखि शुरू हुने भएको छ ।
क्रियाशील सदस्यता विवाद टुंगिएर वडा अधिवेशन भइसकेका ६४ जिल्लामा भोलिदेखि पालिका अधिवेशनको प्रक्रिया शुरू हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पदाधिकारी बैठकले वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा मात्र पालिका अधिवेशन गर्ने निर्णय गरेको छ ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलले क्रियाशील सदस्यता विवाद टुंग्याए पनि कार्यान्वयनमा भने सहमति नजुटेकाले कांग्रेसको वडा अधिवेशनहरु पनि प्रभावित बनेका छन् । प्रवक्ता शर्माले १३ जिल्लाका क्रियाशील सदस्यको सूची पनि छिटै सार्वजनिक हुने बताए। उनले केन्द्रीय समितिले महाधिवेशनको आवश्यकता अनुसार विधानका प्रावधान निलम्बन गर्ने र त्यसलाई महाधिवेशनबाट अनुमोदन गरिने उल्लेख गरेका छन्।