चौंथो संस्करणको इपीएल लिग क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदै 

10.9k Shares

काठमाडौं: चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट प्रतियोगिता आज (शनिबार) देखि शुरु हुँदैछ ।

इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीएट्स र काठमाडौं किङ्स इलेभेनबीच प्रतिस्पर्धा रहने छ । 


ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह १२ बजेर १५ मिनेटमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा प्रारम्भ हुनेछ ।

ललितपुरको कप्तानी कुशल भुर्तेलले गर्नेछन् भने काठमाडौंको कप्तानीमा सन्दीप लामिछाने रहनेछन् ।

दुबै टोली पहिलो खेलमा सुखद सुरुवात गर्न चाहन्छन् । दुबैको लक्ष्य पहिलो खेलमा २ अंकका लागि हुनेछ ।

ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो,सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका रानजुङ्ग मिक्यो दोर्जी छन् ।

काठमाडौंको टिममा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बज, सिंगापुरका जनक प्रकाश रहेका छन् ।

चौथो संस्करणका प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

ताजा अपडेट
सम्बन्धित समाचार