कपनस्थित ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा फेला

8.3k Shares

काठमाडौं: काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता भएका  १० वर्षीय बालक पाँच दिनपछि ललितपुरको महांकालस्थित वाग्मती नदी किनारमा फेला परेको छ । 

गत मंगलबार उज्ज्वल ढलमा खसेका थिए । उनको शव  शनिबार साँझ फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

बालकको शव अनुहार चिन्न गाह्रो अवस्थामा रहेको छ । उनले कपन मावि लेखेको लुगा लगाएको भेटिएकाले पहिचान भएको उनले बताइन्।

 

 

ताजा अपडेट
सम्बन्धित समाचार