काठमाडौं: परराष्ट्रमन्त्री डा नारायण खड्काले बंगलादेशका विदेश मामिला मन्त्री अब्दुल मोमेनसँग भेटवार्ता गरेका छन् ।
आज (आइतवार) भएको भेटमा दुई मन्त्रीले द्वीपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवद्र्धनका बारेमा छलफल गरेको बताइएको छ ।
परराष्ट्रमन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गत बुधवारदेखि अमेरिकाको न्युयोर्कमा छन् । सोही क्रममा उनीहरूबीच भेटवार्ता भएको हो ।