काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमनसँग मैत्रीपूर्ण खेल खेल्दैछ।
साफ च्याम्पियनसिपको तयारीमा कतार पुगेको नेपाली टोलीले आज बेलुकी ९:४५ बजे दोहास्थित कतार युनिभर्सिटी मैदानमा ओमनसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोली साफको तयारीका लागि अहिले कतारमा छ । त्यहीँ ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो।
दोहास्थित कतार युनिभर्सिटीको मैदानमा नेपाली समयअनुसार राति पौने १० बजे खेल सुरु हुनेछ।
नेपाली टोली साफ च्याम्पियनसिपका लागि सोमबार दोहाबाट माल्दिभ्स जाने छ। साफ च्याम्पियनसिप अक्टोबर १ बाट माल्दिभ्समा सुरु हुँदैछ।