विराटनगर: उच्च अदालत विराटनगरको गेटमा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।
केहीबेरअघि अदालतको प्राङ्गणमै कलमसिंह राणामाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट घाइते भएका राणालाइ उपचारका लागि विराटनगर अस्पताल विराट नरसिंङ होममा लगिएको छ ।
खुकुरी प्रहार गर्ने विराटनगरका विमल कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।