काठमाडौं: संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले संवैधानिक राजसंस्था पुनर्स्थापनालगायतका माग राख्दै बृहत र्याली गर्ने भएको छ । र्याली भृकुटीमण्डपबाट शुरु भई वसन्तपुर पुगेर सकिने छ ।
मोर्चाले सोमबार (भोलि) बिहान साढे ११ बजे शुरु हुने र्यालीमा उपस्थित हुन सबैलाई अनुरोध गरेको छ । संवैधानिक राजसंस्था पुनर्स्थापना गर्न, २०७२ सालको संविधान खारेज गर्न,संघीयता खारेज गरी नेपाली एकता कायम गर्न,हिन्दू अधिराज्य पुनर्स्थापना गर्न,भ्रष्टाचार अन्त्य गर्न एवम् सभ्य र सुसंस्कृत समाजको निर्माणको माग गर्दै र्याली निकाल्न लागेको हो ।