जनकपुरधाम: जनकपुरधाममा नियन्त्रण गुमाएर टिपरमुनि मोटरसाइकलमा परि एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा ठेगाना खुल्न नसकेका भारतीय नागरिक ३५ वर्षीय आनन्द किशोर दास रहेका छन्।
आइतवार जनकपुरधामको पिडारीचोकमा ज ९ प १४९७ नम्बरको मोटरसाइकल चालक दासले गोलम्बर नजिक सोही दिशाबाट आइरहेको ना ७ ख ४७४१ नम्बरको टिपरमुनि नियन्त्रण गुमाएर अचानक पर्न गएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।
गलत साइडबाट गएपछि टिपरमुनि मोटरसाइकल पसेको एसपी रानाभाटले बताए। घटनापछि आक्रोशित भिडले टिपरमा आगजनी गरेका छन्। घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको उनले बताए।