मन्त्रिमण्डल विस्तार गर्न माओवादीले राखे यस्तो सर्त !

10.8k Shares
सम्बन्धित पार्टी

काठमाडौँ: सत्तारुढ नेकपा माओवादी केन्द्रले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता भएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्नुपर्ने बताएको छ। आज (सोमबार) विहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी समिति बैठकले मन्त्रिमण्डल विस्तारका लागि पहिला राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिनु पर्ने जनाएको हो।

सरकारले आज मन्त्रिपरिषद बैठक राखेर संसदको अधिवेशन अन्त्य गर्दै अध्यादेश फिर्ता लिने तयारी गरेको अवस्थामा माओवादीको स्थायी समिति बैठक बसेको थियो। स्थायी समिति वैठकले मन्त्री हुनेहरुको अन्तिम सूची टुङ्गाउने अपेक्षा गरिएको थियो। यस्तै माओवादी केन्द्रको केन्द्रीय सम्मेलनलाई प्रभावित नगर्ने गरि तल्ला तहका सम्मेलनहरु सार्ने निर्णय गरिएको छ । गुरुङले कात्तिक ६ गते टोल, १३ वडा सम्मेलन र मंसिरमा ४ स्थानीय पालिकाको अधिवेशन गर्ने बताए। प्रदेश र केन्द्रको अधिवेशन चाँही नसार्ने उनले बताए।

मन्त्रिमण्डल विस्तारका लागि कानुनी जटिलता अन्त्य हुनुपर्न‍ेमा माओवादले जोड दिएको छ । माओवादी केन्द्रका संसदीय दलका नेता देवप्रसाद गुरुङले अहिले जारी कानुनी जटिलता मिलाएपछि मात्र मन्त्रिपरिषद् विस्तारका लागि अघि बढ्ने निर्णय भएको बताए। ‘केही कानुनी जटिलताका विषय भएकाले त्यसलाई पन्छाइसकेपछि बल्ल मन्त्रिमण्डलको बारेमा प्रवेश गर्ने भन्ने कुरा भएको छ,’ गुरुङले भने, ‘कानुनी पाटा सदन अदालतसँग, अध्यादेशसँग जोडिएको विषय भएकाले त्यसलाई छिटो टुंग्याउन पहल गर्ने भन्ने भएको छ।’

ताजा अपडेट
सम्बन्धित समाचार