एकैदिन बुद्ध एयरको दुईविमानमा समस्याः चकनाचुर भयो जनताको विश्वास, यसरी खेल्दै जनताको जिवनसंग !

19.1k Shares

एकैदिन बुद्ध एयरको दुईविमानमा समस्या आउनु लापरबाही कि संयोग ?
जनता भन्छन् बाच्ँने आश मारिसकेका थियौं 

स्म्भावित जोखिमबाट जोगाउँदा बुद्धले बेलाबेला वाहवाही पाउँदै आएको छ तर आफ्नै कमजोरीका कारण सम्भावित दुर्घटना हुनबाट जोगिएकामा बुद्ध एअरको प्रशंसा गर्नुपर्ने कुनै ठाउँ छैन ।

काठमाडौं: बुद्ध एअरको लापरबाहीले जनताको ज्याननै जोखिममा परेको छ  । एअरलाईन्सले सामान्य सुरक्षा उपाय नअपनाउँदा सयौं यात्रुहरुको ज्यान दुर्घटनाको जोखिममा रहेको छ ।  

बुद्ध एअरको लापरबाहीले हद पार गरेको प्रष्ट देखिन्छ । जनताको जिवनप्रति जिम्मेवार नहुँदा बुद्ध एअरको लापरबाहीले जनता आजित बनेका छन् ।  छिट्टो र भरपर्दो यात्राका लागि जनताको पहिलो प्राथमिकता हवाई सेवा पर्ने गरेको छ । तर बुद्ध एअर जस्तो जिम्मेवार र ठुलो हवाई सेवा प्रदायक कम्पनीको लापरबाहीले नेपाली हवाईसेवा प्रदायक कम्पनीहरुबाट विश्वास उठ्न थालेको छ । 

नेपालको निजि विमानसेवा कम्पनी मध्य बुद्ध एअर सबैभन्दा लामो समय नेपाली आकासमा उडान भर्ने नेपाली बिमान कम्पनी हो । अन्तर्राष्ट्रिय र राष्टिय दुवै उडान गर्ने सुचिमा पर्दछ् बुद्ध एअर । कम्पनीले दिएको जानकारी अनुसार नेपालका १४ स्थानमा र भारत र भुटानजस्ता देशमा समेत चार्टर उडान गर्नेगर्दछ बुद्ध एअर । 

गत वर्ष ९२०७७० पुष  ३ गते जनकपुर जाने जहाज पोखरा ल्यान्डिङ गराएको बुद्ध एअरको विमानमा सोमबार बिहान एकैपल्ट दुईवटा विमानमा डरलाग्दो समस्या देखिएको थियो । बुद्ध एयरको ६०७ नम्बरको नियमित उडानबाट जनकपुर जानुपर्ने यात्रु पोखरा पुगेका थिए । विमानस्थलमै एयरलाइन्सका कर्मचारीको लापरबाहीले जनकपुर हिँडेका यात्रुहरु पोखरा पुगेका थिए । एयरलाइन्सका कर्मचारीले यात्रुलाई पोखरा जाने बिमानमा चढाइदिएका थिए ।

सामान्यतया बिमान उड्नु अघि सबै प्राविधिक स्थिति जाँच गरेर मात्र उडाइन्छ । विमान उडान भर्नुपूर्व नै सम्पूर्ण प्राविधिको पाटो चेकजाँच गर्नु पर्ने भए पनि बुद्ध एयरको विमानमा उडेपछि प्राविधिक त्रुटि देखिएको थियो । सोमबार बुद्ध एयरको दुई ठूला लापरबाही छताछुल्ल भएर बाहिरियो । बुद्ध एअरको प्राविधिक टोलीले गरेको गल्ती पाइलटको अनुभव र धैर्यताले सच्चिँयो । जसले गर्दा कसैको ज्यान गएन, धनको क्षती भएन ।
बिहान साढे ७ बजे बुद्ध एयरको यू ६०१–९ एनएजेओ जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो । पोखरको लागि उडेको जहाजको ककपिटबाट अचानक धुवाँ आउन थालेपछि पाइलटले जहाजलाई काठमाडौंतिर मोडेका थिए । जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवतरण गरेको थियो भने ल्यान्ड गर्नुअघि केही समय जहाजलाई आकासमा होल्ड गरिएको थियो ।

त्यसलगत्तै क्रु मेम्बरसहित ७७ जना बोकेर विराटनगर उडेको जहाज ल्यान्डिङ गियर नखुल्ने समस्याका कारण काठमाडौं फर्किएको थियो ।  बिमानलाई राजधानीको आकाशमा एक घण्टाबढी होल्ड गरी १०ः२१ बजे ल्यान्ड गराइएको थियो । सो जहाज सिनियर क्याप्टेन आङ्गेलु शेर्पाले उडाएका थिए ।
बुद्ध एअरले ल्यान्डिङ गियर खुलेको भएपनि खुलेको संकेत नदेखि पछि त्यसतो समस्या उत्पन्न भएको जनाए ।  
बुद्धसँग ३ वटा एटीआर ४२, ६ वटा एटीआर ७२ र २ वटा बिचक्र्याफ्ट १९०० डी जहाज छन् ।

आजै अन्तिम दिन जस्तो लागेको थियो, भगवानले बचाए !
काठमाडौँबाट विराटनगर उडेको बुद्ध एयरको जहाज काठमाडौँकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो । सोमबार विराटनगरतर्फ गएको नाइनएन एनआई उडान संख्या युफोसेभेनशून्यवान विमानमा कुल ७३ जा यात्रु सवार थिए । बयस्क ६८, नवजात शिशु ३ र बच्चा २ जना थिए ।

उक्त जहाजमा रहेका यात्रुहरुले आफूहरुले बाँच्ने आश मारिसकेको बताए । यात्रामा रहेका एक यात्रुले भने,  जहाज विराटनगरबाट काठमाडौँ फर्किंदा सम्म ठिकै थियो तर काठमाडौँको आकाशमा घुम्दा हामीले अब मरिन्छ कि जस्तो लागेको थियो ।ु

त्यस्तै उनले जहाजमा यात्रुहरु रुवाबासी गरेको सुनाए । यात्रामा एयरहोस्टेसहरुले आफूहरुलाई सक्दो बचाउने कोसिस गर्छौं भनेको कुरा उनले बताए ।सुरक्षाकर्मी तयारी अवस्थामा देखेपछि अब जिन्दगी यति नै भयो भन्ने लागेको यात्रु प्रताप लिम्बुले सुनाए । ‘ढोका खोल्दिनुस्, हामी हाम फाल्छौं पनि भन्यौं,’ उनी भन्छन्, ‘एयर होस्टेसहरुले तपाईंलाई सक्दो बचाउने कोसिस गर्छौं । इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो भनेर जानकारी गराउनुभयो ।’

अर्का यात्रु अनमोल प्रधानले जहाजभित्र रुवाबासी भएको र धेरैले आश मारेको सुनाए । रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए’ उनी भन्छन्, ‘जहाजमा भएका आमा बच्चा र पाका मानिसहरु आत्तिएर रुन थालेपछि झन् गाह्रो भयो ।’ 

ताजा अपडेट
सम्बन्धित समाचार