वर्षाका कारण किङ्ग्स इलेभेन र पोखरा राइनोजबीचको खेल स्थगित

10.5k Shares

काठमाण्डौं : एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट अन्तर्गत आज मङ्गलवार हुने भनिएको काठमाण्डौ किङ्ग्स इलेभेन र पोखरा राइनोजबीचको खेल स्थगित भएको छ ।

आज बिहान सवा १२ बजे खेल सुरु हुने तालिका रहे पनि मैदान ओसिलो भएका कारण खेल सुरु हुन सकेन दिउँसो फेरि पानी परेपछि खेल स्थगित भएको हो ।

वर्षाका कारण हिजो सोमवार पनि दुवै खेल स्थगित भएका थिए । हिजो स्थगित भएका काठमाण्डौ र विराटनगर तथा भैरहवा र चितवनबीच नयाँ मितिमा खेल हुने आयोजक ईपीएल प्रालीले जनाएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार