प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

7.6k Shares

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा र दाहालबीच अहिले बालुवाटारमा भेटवार्ता जारी छ ।
 
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलका अनुसार भेट केहीबेर अघि सुरु भएको हो ।
 
भेटमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुने बताइएको छ । राजनीतिक अध्यादेश खारेज भएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

ताजा अपडेट
सम्बन्धित समाचार