भोलिदेखि एमालेको महाधिवेशन शुरू

7.8k Shares
सम्बन्धित पार्टी

काठमाडौं: नेकपा एमालेको विधान महाधिवेशन भोलि (शुक्रवार) देखि शुरू हुँदैछ । नेता रामबहादुर थापा ‘बादल’ संयोजक रहेको महाधिवेशन मूल व्यवस्थापन समितिले बिहीवार पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको बताएको छ ।

ललितपुरको गोदावरीमा हुने महाधिवेशनमा देशभरबाट आएका ६ हजारभन्दा बढी प्रतिनिधिले सहभागिता जनाउने थापाले जानकारी दिए ।

असोज १५–१७ गतेसम्म चल्ने महाधिवेशन अवधिभर बिहानको खाना केन्द्रीय कमिटीले महाधिवेशन स्थलमै व्यवस्था गरेको छ भने साँझको खाना र आवासको व्यवस्था प्रदेश कमिटीले गर्ने बताइएको छ । महाधिवेशनका क्रममा दिउँसो खाजाको व्यवस्था समेत गरिएको छ ।

निजी सवारीसाधन नभएका प्रतिनिधिलाई सातदोबाटोमा झण्डासहित बसको व्यवस्था गरिएको समितिले जनाएको छ ।

प्रेस विज्ञप्ति

a1.jpg

a2.jpga3.jpga4.jpg

ताजा अपडेट
सम्बन्धित समाचार