एकाबिहानै प्रचण्ड बादललाई भेट्न पुल्चोकमा

13.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्ड गृहमन्त्री रामबहादुर थापा `बादल´लाई भेट्न पुल्चोक गएका छन् ।

नेकपा सचिवालय सदस्य समेत रहेका बादल पार्टी फुटको अन्तिम चरणमा समेत खुलेका छैनन् । 

पूर्वमाओवादीबाट १० वर्षे जनयुद्धमा होमिएका बादलले प्रधानमन्त्री केपी शर्मा ओली  वा प्रचण्ड कुन कित्तामा आफूलाई उभ्याउने भनेर कित्ता क्लिएर गर्न नसकेपनि उनको समूहले प्रचण्डलाई साथ दिन दबाब दिएको छ ।

सोमबार दिउसो प्रचण्ड मन्त्री क्वाटर पुल्चोकमै पुगेर बादललाई भेटेका थिए । तर, उनले सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किएका छन् । 

प्रचण्डले अन्तिम समयमा पार्टी विभाजनको मुखमै आफूलाई सहयोग गर्न आग्रह गर्न पुल्चोक पुगेको जनाइएको छ ।

नेकपाको प्रचण्ड(वरिष्ठ नेता माधवकुमार नेपाल समुहले दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ भने प्रधानमन्त्री ओलीले अहिले ९ बजे केन्द्रीय समितीको बैठक डाकेका छन ।

ताजा अपडेट
सम्बन्धित समाचार