ओलीद्वारा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने घोषणा

10.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन अयाोजक समिति बनाउने घोषणा गरेका छन् ।

बालुवाटारमा आफू पक्षीय केन्द्रीय समितिको बैठकमा ओलीले हाल कायम रहेका ४४६ केन्द्रीय सदस्यमा ५५६ जना नयाँ सदस्य थप गरि ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने घोषणा गरेका हुन् ।

घोषित महाधिवेशन आयोजक समितिका १९७ सदस्य पछि थप गरि पूर्णता दिने पनि ओलीले उल्लेख गरेका छन् । अहिले ओली पक्षीय नेताहरुको बैठक बालुवाटारमा जारी छ ।

ताजा अपडेट
सम्बन्धित समाचार