जेष्ठ नागरिकलाई प्रदान गरिने सेवा-सुविधाको प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रपतिको आह्वान

9.1k Shares

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ नागरिकलाई प्रदान गरिने सेवा-सुविधाको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेकी छन् । 

‘अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस’का अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै भण्डारीले जेष्ठ नागरिक स्वास्थ्य बिमा‚सामाजिक सुरक्षा भत्तालगायत सेवा-सुविधाको प्रभावकारी र सम्मानपूर्ण कार्यान्वयन गर्न भनेकी हुन्।

ज्येष्ठ नागरिकहरूको ज्ञान र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न सामूहिक प्रयासको खाँचो रहेको उनले औँल्याएकी छन् । 

संयुक्त राष्ट्रसंघले जेष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहको लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ तय गरेको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार