कांग्रेसको १३ जिल्लाका वडा अधिवेशन दसैंपछि हुने 

16.4k Shares
सम्बन्धित पार्टी

काठमाडौँ: कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत १३ जिल्लाको वडा अधिवेशन दसैंपछि मात्रै हुने भएको छ । एकमात्र निर्वाचन क्षेत्र भएका हिमाली जिल्लामा जिल्ला तहको नेतृत्व चुनिँदैछ । तर, केही जिल्लामा भने कांग्रेसले क्रियाशील सदस्यकै टुंगो लगाउन सकेको छैन ।

केन्द्रीय निर्वाचन समितिका अनुुसार शनिबारसम्म पनि बारा, सप्तरी, रौतहट र रसुवा गरि ४ जिल्लामा क्रियाशील सदस्यताको टुंगो नलागेपछि बाँकी ९ जिल्लासमेत गरेर एकैचोटी १३ जिल्लाको वडा अधिवेशन दशैंपछि गर्न लागेको हो ।

अब, एकैचोटी १३ जिल्लामा वडा अधिवेशन प्रक्रिया अघि बढाउने निर्वाचन समितिको तयारी छ । हालसम्म कांग्रेसको ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ ।

तर, वडा अधिवेशन सम्पन्न भएका जिल्लामा विवादको चाङ छ । सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा भएको अधिवेशन निष्पक्ष नभएको भन्दै पुनः निर्वाचन गर्नुपर्ने पौडेल समूहको माग छ ।

ताजा अपडेट
सम्बन्धित समाचार