क्रान्तिकारीको नेतृत्व चयन गर्ने जिम्मा प्रचण्डलाई

13.4k Shares
सम्बन्धित पार्टी

काठमाडौं:  नेकपा माओवादी केन्द्रले पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नेतृत्व चयन गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाइ दिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले अखिल (क्रान्तिकारी) को नेतृत्वको बारेमा छलफल गर्दै अन्तिम टुङ्गो लगाउने जिम्मा अध्यक्षलाई दिइएको माओवादी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

राष्ट्रिय सम्मेलन चलिरहेकाले नेतृत्वका विषयमा छलफल भएको भन्दै सबै पात्र समान हैसियत र समान क्षमताको रहेकाले छनौट गर्ने जिम्मा प्रचण्डलाई दिइएको पार्टी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

‘विद्यार्थीको राष्ट्रिय सम्मेलन चलिरहेको छ । त्यसको नेतृत्व चयनको विषय थियो । त्यसमा हामीले सम्भावित सबै पात्रहरू अहिलेको उपाध्यक्षदेखि हटनेसम्मका सबैबारे छलफल गरियो । सबै पात्रहरू समान हैसियतका छन, समान क्षमता राख्छन्’,  महराले भने, ‘तीमध्येमा छनोट गर्ने जिम्मेवारी अध्यक्ष कमरेडलाई दिइएको छ ।’ 

उनका अनुसार बैठकमा विशेष प्रदेश कमिटीका लागि ९१ जनाको नाम प्राप्त भएको र अध्ययनपछि अर्को बैठकले आवश्यक निर्णय गर्नेछ । 

ताजा अपडेट
सम्बन्धित समाचार