काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा इन्टरनेट तथा केवलका तारहरु काटेपछि नेपाल दुरसञ्चार प्राधिकरणले आपत्ति जनाएको छ । प्राधिकरणले आइतबार एक विज्ञप्ति जारी गर्दै दु ख व्यक्त गरेको हो ।
विद्युत प्राधिकरणले पोलभाडा तिर्न नमानेको भन्दै विभिन्न ठाउँहरुमा इन्टरनेटको तारहरु काटेको थियो ।
प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने हुँदा सबै पक्ष बसी आपसी छलफलबाट समस्याको समाधान गरी इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने गराउने व्यवस्था मिलाउन सबै पक्षमा हार्दिक अनुरोध गर्दछौं ।'