अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

15.5k Shares

काठमाडौँ: नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा पञ्चा सिंह सर्वसम्मत चयन भएकी छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल (क्रान्तिकारी)को अध्यक्षमा सिंहलाई चयन गरेका हुन् । 

अखिल क्रान्तिकारीको इतिहासमा महिला पहिलोपटक अध्यक्ष बनेको हो । क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

प्रचण्ड निवास खुमलटारमा भएको बैठकमा सिंहलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउने सहमति भएको उनको सचिवालयले जनाएको छ ।

अखिल क्रान्तिकारीको अध्यक्षका लागि सुरेन्द्र बस्नेत, उत्तम अधिकारी, पञ्चा सिंह, विजय गौतम, तीलकराज भण्डारी र दीपक देवकोटाले आकांक्षा देखाएका थिए । तर, अन्तिममा सिंहको नाममा सहमति भएको हो ।

ताजा अपडेट
सम्बन्धित समाचार