काठमाडौं: राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो ।
राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबार बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ । यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो ।