उमेर हद तोकियो, ७० वर्ष नाघेपछि कार्यकारी पदमा उठ्न नपाइने

9.5k Shares
सम्बन्धित पार्टी

काठमाडौं : नेकपा एमालेको कार्यकारी पदमा उठ्न उमेर हद निर्धारण तोकिएको छ। ७० वर्ष नाघेपछि कार्यकारी पदमा उठ्न नपाइने भएको हो। पार्टीको विधान महाधिवेशनमा प्रतिनिधिले उठाएका प्रश्नहरुको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष नाघेपछि उम्मेदवारी दिन नपाइने प्रस्ताव अघि सारेका थिए।

उनले भने, कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष नपुग्दासम्म उही तहको कार्यकारी पदमा एउटा व्यक्ति दुई पटकभन्दा बढी कार्यकाल उम्मेदवार बन्न पाउँदैन। कुनै व्यक्ति कार्यकारी पदमा रहिरहेको बेला ७० वर्ष पुग्यो भने सो कार्यकालभरी पदमा रहिरहन्छ।

एमालेको योग्यता संशोधन गरिएको छ। यसअघि तोकिएको पार्टी सदस्य भएको १५ वर्ष हुनुपर्ने प्रावधान संशोधन गरी १० वर्ष कायम गरिएको छ।केन्द्रीय सदस्यको न्युनतम योग्यता केन्द्रीय निकायको सदस्य भएको वा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएको व्यक्ति योग्य हुनेछ। अन्नपूर्ण पोष्टबाट

ताजा अपडेट
सम्बन्धित समाचार