१० वर्षपछि एमालेमै फर्कीए लेखी

8.6k Shares
सम्बन्धित पार्टी

काठमाडौं: नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष तथा थारु कल्याणकारिणीसभाका पूर्वमहामन्त्री राजकुमार लेखीले चार दिनअघि लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएसंगै नेकपा एमाले प्रवेश गरेका छन् । 

पूर्वमहामन्त्री राजकुमार लेखी १० वर्षपछि एमालेमै फर्कीएका हुन् । एमाले स्रोतका अनुसार गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन लेखीसहित ५५ जना केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेका छन् ।

लेखीले असोज १४ गते लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका थिए । उनीले २०४० सालदेखि एमालेको विद्यार्थी संगठनमा काम गर्दै २०४६ सालपछि नेकपा एमालेबाट सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । 

पहिलो संविधानसभा विघटन भएपछि एमाले छाडेका उनले आफ्नै नेतृत्वमा नेपाल नागरिक पार्टी  गठन गरेका थिए । त्यसपछि सो पार्टीलाई राजेन्द्र महतोको सद्‍भावना पार्टीसँग एकता गरे । त्यसयता मधेस केन्द्रित दलमा रहे । पछिल्लो पटक जनता समाजवादी पार्टी विभाजित हुँदा उनी महन्थ ठाकुर पक्षमा लागेका थिए ।

एमालेमा रहँदा उनले काठमाडौं(सप्तरी सम्पर्क मञ्चको अध्यक्ष, एमाले सगरमाथा अञ्चल सम्पर्क कमिटीको सचिव, युवा संघ नेपालको केन्द्रीय सदस्य, युवा संघ नेपालको केन्द्रीय प्रचार विभाग सदस्य, नेकपा एमाले केन्द्रीय समितिको संघीय मामिला विभाग र सम्पर्क वभाग सदस्य, एमाले लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सचिवालय सदस्यको रुपमा काम गरेका थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार