काठमाडौं: गृह मन्त्रालयले थप ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।
मन्त्रालय स्रोतका अनुसार मन्त्रालमा केहि दिन देखि फाजिलमा रहेका सहसचिव जयनारायण आचार्यलाई कास्किको प्रमुख जिल्ला अधिकारीका पठाइएको छ । कास्कीमा प्रमुख जिल्ला अधिकारी रहेका थानेश्वर गौतमलाई सात महिना पनि नपुग्दै त्यहाँबाट सरुवा गरिएको छ ।
यस्तै गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाको प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव कमलराज ढकाललाई भोजपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । मन्त्रालयमा फाजिलमा रहेका सहसचिव डा. भिष्मकुमार भुसालाई उक्त महाशाखाको जिम्मेवारी दिने मन्त्रालयको तयारी छ ।
मन्त्रालयले २ सहसचिव र ५ उपसचिवसहित १६ कर्मचारीको सरुवा गरेको हो ।
