काठमाडौं: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि चौतर्फी हमला भइरहेको बताएका छन् । गोदावरीमा जारी विधान महाधिवेशनमा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै यस्तो बताएका हुन्।
उनले भने, ‘पार्टी र नेतृत्वले गरेका कामहरुको सन्दर्भमा र आगामी दिनमा आउन सक्ने चुनौतिहरुको पहिचान गर्ने, सामना गर्ने र ती चुनौतिलाई पराजीत गर्ने सन्दर्भमा निति कार्यक्रम र कार्ययोजना समिक्षा भयो।’
'सुशासनयुक्त देश , गरिबी नभएको देश, पछौटेपन नभएको देश, आधुनिक देश निर्माणका निम्ति सुशासन, विकास,समृद्धि आजको तात्कालीन विषय हो।, ओलीले भने, ‘हामी फेरि पनि जित्छौं। अबका दिनमा जित्दै जानेछौं। हाम्रो पार्टीको दृष्टीकोण र कर्तव्य यो पनि हो। हामीले जित्नुपर्छ।’
उनले आफ्नो पार्टीको नीति, हैसियत भनेको जित्ने रहेको बताए । अरूको टाउकोमा अपजस लगाएर आफूहरू उम्किन नसक्ने उनको भनाइ थियो ।