माधव नेपाल नेकपाको अध्यक्षमा निर्वाचित

11.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल नेकपाको अध्यक्ष निर्वाचित भएका छन्। मंगलबार बबरमहलस्थित् कार्की पार्टी प्यालेसमा बसेको पुष्पकमल दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले नेता नेपाललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो।

बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्दै माधव नेपाललाई अध्यक्ष निर्वाचित गरेको हो।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेता नेपाललाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरिएको केन्द्रीय सदस्य निरज आचार्यले हिमालखबरलाई बताए। 

अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष नवनिर्वाचित नेपालाई बधाई दिएका छन्। 

“हामी दुवै जना विधानमा भएको व्यवस्था अुनसार समान हैसियतमा आलोपालो पार्टी सञ्चालन गर्छौं”, दाहालले भने, “केपी ओलीले विधानको यो व्यवस्था नमानेकाले आजको अवस्था आएका हो।”

ताजा अपडेट
सम्बन्धित समाचार