काठमाडौँ: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने भएको छ ।
लोसपाको प्रदेश-२ संसदीय दलको बैठकले राउतको राजीनामा माग्ने निर्णय गरेको दलका नेता जितेन्द्र सोनलले बताए ।
'मुख्यमन्त्री राउतले प्रदेशमा अनियमितता गरेको आरोप खेपिरहनुभएको छ । अख्तियारले समेत छापा मारेको अवस्थामा उहाँले स्वतस् राजीनामा दिनुपर्छ । उहाँले नैतिकता नदेखाए हामी राजीनामाको माग गर्छौँ, उनले भने ।
प्रदेश सरकारको गरिमालाई बचाउने एक मात्र उपाय मुख्यमन्त्री राउतको राजीनामा भएको लोसपाको निष्कर्ष छ । असोज २० मा बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग गर्ने सोनलले बताए ।