प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै !

14k Shares

काठमाडौं: प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बैठक तय भएको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६-७७’ पेस गर्ने कार्यसूची रहेको छ ।

नवौं अधिवेशनको पहिलो बैठकदेखि नै संसद वैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले यसअघिका सबै बैठकमा नाराबाजी गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार