‘रिफ्रेसमेन्ट’का लागि चन्द्रागिरि हिल्स पुगिन राष्ट्रपति भण्डारी

8.9k Shares

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी ‘रिफ्रेसमेन्ट’का लागि चन्द्रागिरि हिल्स रिसोर्टमा रहेकी छन् ।

रिफ्रेस हुनका लागि उनी सोमबार राति चन्द्रागिरि हिल्स रिसोर्टमा बसेको स्रोतले जनाएको छ। सोमबार राति चन्द्रागिरिमै बसेको र आज शीतल निवास फर्किने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताए ।

औपचारिक कार्यक्रम नभएकाले केही सहयोगीका साथ राष्ट्रपति भण्डारी चन्द्रागिरि पुगेकी थिइन्। पछिल्लो समय नेकपा एमाले विभाजन हुनुअघि माधवकुमार नेपालसहितका नेताहरू चन्द्रागिरिको रिसोर्टमा गएर बसेका थिए।

ताजा अपडेट
सम्बन्धित समाचार