साफ च्याम्पियनसिप फुटबलमा नेपालको सानदार जित

10.2k Shares

काठमाडौँ: साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ। साफ च्याम्पियनसीप अन्तर्गत हिजो भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ नतिजाले स्तब्ध तुल्यायो । 

नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे। श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए।

रोमाञ्चक बनेको खेलको ३३ औं मिनेटमा सुमन लामालेले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो नेपालका लागि डेब्यू गोल हो।  ५१  औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए। 

तर, ह्यामिल्टनले ५७ औं मिनेटमा गोल गर्दै श्रीलंकालाई २-१ को स्थितिमा ल्याए।  खेलको ८६ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका आयुसले गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाए। उनको यो नेपालका लागि पहिलो गोल हो।

त्यसपछि खेलको इन्जुरी समयमा डी सिल्भाले पेनाल्टीमा एक गोल गरेपनि नेपालले ३-२ को महत्वपूर्ण जित निकाल्यो। 

यस जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले २ खेलमा ६ अंक जोडेको छ। लगातार दोस्रो जितपछि नेपाल फाइनल नजिक पुगेको छ।  नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको थियो।

अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ।  यस्तै नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ। हिजै भएको पहिलो खेलमा भारत र बंगलादेशले १-१को बराबरी खेल्दै अंक बाँडे। 

 

 

ताजा अपडेट
सम्बन्धित समाचार