३३ किलो सुन तस्करी मुद्दामा गोरेलाई जन्मकैदको सजाय

8.5k Shares

काठमाडौँ :  साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् । जिल्ला अदालत, मोरङले मंगलबार हत्या ७७ जना प्रतिवादी मध्ये पक्राउ परेका ८ जनालाई मात्रै दोषी ठहर गरेको छ । र, यसमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् ।

८ जना मध्ये मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्म कैदको फैसला सुनाइएको जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले जानकारी दिए ।

उनीहरुलाई सुन तस्करी र सनम शाक्य हत्या, अपहरण तथा शरीर बन्धकमा सजाय तोकिएको उनले जानकारी दिए ।​ अरू दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ ।

फरार २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार