जसपाले ७७ जिल्लामै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने

18.9k Shares
सम्बन्धित पार्टी

काठमाडौं, ७ पौष । जनता समाजवादी पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनको कदम चालेको विरोधमा जसपाले पाँच दिने आन्दोलनको घोषणा गरेको हो ।

जसपाको आज बसेको केन्द्रीय कार्यकारिणी बैठकले आन्दोलनको कार्यक्रम तय गरेको केशव झाले जानकारी दिए । जस अनुसार भोलि ८ पुसमा देशव्यापी प्रदर्शन, ९ गते आन्दोलन र संघर्षको तयारीका लागि देशभरका पाटी कमिटीहरुको बैठक गर्ने, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको ७७ जिल्लामै पुत्ला दहन गर्ने, ११ गते मसाल जुलुस र १२ गते देशभर वृहत जनप्रदर्शन गर्ने जनाइएको छ ।

 

कार्यक्रमहरू :

  • बुधवार २०७७ पौष ८ गते जिल्ला सदरमुकामहरूमा प्रदर्शन ।
  •  बिहीबार २०७७ पौष ९ गते आन्दोलनको कार्यक्रमको तयारी बैठक ।
  • शुक्रबार २०७७ पौष १० गते देशभरिका सबै जिल्लाका सदरमुकामहरू मा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन ।
  • शनिबार २०७७ पौष ११ गते सबै जिल्लाका सदरमुकामहरूमा मसाला जुलूस।
  • आइतबार २०७७ पौष १२ गते सबै जिल्लाका जिल्ला सहित काठमांडू उपत्यकामा विशाल जनप्रदर्शन।
ताजा अपडेट
सम्बन्धित समाचार